५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

काठमाडौंमा लकडाउन उल्लंघन गरिएको प्रधानमन्त्री ओलीको ठहर, थप कडा बनाउन निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कुनै सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा अन्य कुनै कुरा ठूलो हुन नसक्ने जिकिर गर्दै लकडाउनलाई थप कडा बनाउनुपर्ने धारणा राख्नुभएको हो ।

लकडाउनलाई कमजोर बनाउँदा कोरोना भाइरसकका संक्रमितको संख्या दिनदिनै बढिरहेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले मानिसको जीवनभन्दा आर्थिक गतिविधि ठूलो हुन नसक्ने बताउनुभयो ।

ओलीले सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुबाट काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनाइएको भन्दै ओलीले त्यसमा पुनर्विचार गर्ने संकेत गर्नुभयो ।

अहिलेको अवस्थाले लकडाउन नभनिने भन्दै प्रधानमन्त्री ओलीले लकडाउन कडा बनाउने योजना तत्कालै ल्याउन उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्ने कार्यसूची रहेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनबारे सम्बोधन गर्दै काठमाडौंको अवस्थालाई लकडाउन नभनिने स्पष्ट पाुर्नभयो । उहाँले बढ्दै गएको संक्रमणको संख्याले लकडाउनमा खेलाँची गर्न नहुने प्रष्ट पारेको जिकिर गर्नुभयो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ०५ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका