५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

भारतीय दूतावास अगाडि घन्कियो नारा, – भारतीय सेना कालापानी छोड !



काठमाडौं । भारतले नेपाली सीमा अतिक्रमण गरेको विरोधमा मानवअधिकारकर्मीहरुले लैनचौरस्थित भारतीय दूतावास नजिकै धर्ना दिएका छ्न ।

मानवअधिकार तथा शान्ति समाजको अगुवाईमा भएको धर्नामा सहभागी अधिकारकर्मीहरुले भारतले सीमा मिचेर अपराध गरेको जिकिर गरेका छन् । उनीहरुले लिपुलेक हाम्रो हो, सीमा मिच्नु अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, भारतीय सेना कालापानीबाट फिर्ता गर जस्ता नारावाजी गरेका थिए ।

प्रहरीले धर्नामासहभागी अधिकारकर्मी कृष्ण पहाडीसहित कैयौं जनालाई गिरफ्तार गरेको छ ।

‘उत्तम पुडासैनी, बटुकृष्ण ढुंगेल, बलबहादुर गाहा मगर, रामकृष्ण बराल, गीता तिमल्सिना, जगन्नाथ पुडासनैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरी श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरी ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुनसहित २२ जनालाई गिरफ्तार गरेको छ,’ मानवअधिकार तथा शान्ति समाजले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरुलाई सोह्रखुट्टे प्रहरी वृत्तमा लगिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले बताए।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ३७ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका