५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

भारतीय राजदूतसँग परराष्ट्र मन्त्रीले लिए स्पष्टिकरण, सरकारले दियो भारतीय राजदूतलाई ‘कुटनीतिक नोट’



काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सडक उद्घाटन गरेको चार दिन पछि परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमै बोलाएर जानकारी दिएको छ ।

लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गम्भीर अन्तुष्टि व्यक्त गर्दै भारतीय कदमबारे सोमबार भारतीय राजदूतसँग जानकारी लिनुभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । अन्तराष्ट्रिय सीमासम्बन्धी कानुनको गम्भीर उल्लंघन गर्दै भारतले नेपाली भूमिमा विना सूचना निर्माणल गायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिइएको छ ।

विदेशी राजदूतलाई मन्त्रालयमा बोलाएर सम्बन्धित विषयमा जानकारी लिनु र त्यसको विरोधमा कुटनीतिक नोट दिनुलाई कुटनीतिमा गम्भीर कदम मानिन्छ ।

परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  २ : ०४ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका