२५ चैत्र २०८१, सोमबार | April 7, 2025

बंगलादेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले सुरु गरे ‘डिजिटल रिले अनशन’



काठमाडौ । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशिघ्र स्वदेश फर्काउन माग गर्दै ‘डिजिटल रिले अनशन’ सुरु गरेका छन् ।

डेढ महिनादेखि आफूहरुको अवस्था खतरा तर्फ धकेलिएको भन्दै उनीहरुले नेपाल सरकारलाई उद्दार गर्न माग गर्दै आएका छन्। आफैले खर्च व्यहोर्ने , सरकारले तोकेको ठाउमा क्वारानटाइन मा बस्न मन्जुर भएको बताएका छन् ।

उनिहरुले विश्वनै यस्तो बिपत परेको अवस्थामा आफुहरु अधिकांश चिकित्सा शास्त्रका बिधार्थी भएकाले आफ्नो सिप र ज्ञानले आफ्नै देश र जनताको सेवामा होमिन तयार रहेको भन्दै आएपनि पनि सरकारले उनीहरुलाई स्वदेश ल्याउन सकेको छैन । बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको हकहति र अधिकारका बारेमा निरन्तर आवाज उठाउँदै आएका बिधार्थी एवं युवा अभियन्ता नविन यादवका अनुसार गत शुक्रबारदेखि २४ सैं घण्टा सरकारलाई दबाब दिने उद्देश्यअनुरुप डिजिटल रिले अनशन जारी राखिएको छ ।

बंगलादेशमा रहेर चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले सरकारलाई तत्काल उद्दार गर्न र आफूहरुको रिले अनसनलाई गम्भीरतापूर्वक लिन अनुरोध गरेका छन् । बंगलादेशमा दिनादिनु कोरोनाको संक्रमण तिब्र गतिमा बढ्दै गए पनि लक् डाउन खुल्दै गएपछि, मानिसहरुको जमघट बढ्दै बढ्न थालेको छ, बजार, पसल आदि खुल्न थालेको छ, यसले बंगलादेश चाडै नै हाइ अलर्ट मा परिवर्तन हुने विद्यार्थीहरु बताउछन् ।

मे को अन्तिम सम्म बंगलादेशमा ५० हजार देखि १ लाख सम्म कोरोन सक्रमित संख्या पुग्न सक्ने अनुमान गरिएको छ । यस्तो बेलामा त्यहाँ रहेका करिब ८०० जना नेपाली बिधार्थिहरु त्रशित एवं अन्यौलमा परेको विद्यार्थी नविन यादव बताउछन् । त्यहाँ रहेका नेपाली राजदुतावासबाट पनि झुठा आश्वाशन बाहेक केहि पहल नभएको भन्दै बिधार्थिहरु आक्रोशित बनेको समेत यादवले गुनासो ब्यक्त गरे ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : २८ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग