२८ मंसिर २०८२, आइतबार | December 14, 2025

तराई, मधेश, पहाड र हिमालको सम्बन्ध जोड्न नेपाली सेनाले एकिकरण उद्यान बनाउने



बारा । बाराको जितपुर सिमरा स्थित नेपाली सेनाको श्री नं २८ बाहिनी अड्डाको हाताभित्र एकिकरण स्मृति उद्यान बन्ने भएको छ । नेपाल(अंग्रेज युद्धका बेला अंग्रेज फौज विरुद्ध मधेशवासी नेपालीहरुले देखाएको बहादुरी तथा नेपाल एकिकरण अभियानमा पुर्यायएको योगदानको स्मरण गर्न उद्यान निर्माण गर्न लागिएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार तत्कालीन अवस्थाका ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धन गरी तराई, मधेश, पहाड र हिमालविचको ऐतिहासिक सम्बन्ध तथा सबै नेपाली विचको राष्ट्रिय एकतालार्इ उजागर गर्ने उदेश्यले एकिकरण स्मृर्ति उद्यान निर्माण गर्न लागिएको हो ।

स्मृति उद्यानको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गर्नु भएको छ । शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नेपाली सेनाको यस प्रकारको कार्यले तराईवासी नेपाली जनता र नेपाली सेनाबीचको सम्बन्धलार्इ अझ मजबुत बनाउने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी ताराध्वज पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो भने मध्य पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी सुरेश कुमार कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । श्री नं २८ बाहिनी अड्डाका बाहिनीपति अनुपजंग थापाले परियोजना सम्बन्धी जानकारी गराउनु भएको थियो ।

स्मृति उद्यानमा हिमाल, पहाड र तरार्इका विभिन्न कला र संस्कृती झल्किने ऐतिहासिक प्रर्दशनी हल सहितको ६ वटा भौतिक संरचनाहरु निर्माण गर्न लागिएको छ । २२ करोड लागत रहेको परियोजना आर्थिक वर्ष ०७७।७८ भित्र निर्माण सम्पन्न गरि जितपुर सिमरा उपमहानगरपालिकाको स्वामित्व र रेखदेखमा संचालन गर्ने योजना रहेको छ ।

उद्यान निर्माणले ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धन तथा संभार हुनुको साथै तराई, मधेश, पहाड र हिमालबीचको ऐतिहासिक सम्बन्ध एवम् नेपाली बीचमा राष्ट्रिय एकता कायम भई नागरिक सैनिक सम्बन्धमा समेत थप टेवा पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : १३ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%