५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

चीनको वुहानमा एक महिनापछि फेरि कोभिड–१९ को सङ्क्रमण



विश्वव्यापी महामारीको रूप लिन पुगेको कोरोनाभाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि पहिलो सङ्क्रमित व्यक्ति भेटिएका छन् । उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ ।

वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ सङ्क्रमित देखिएका थिएनन् । विश्वमै पहिलो कोरोना भाइरस सङ्क्रमितका रुपमा गत डिसेम्बरमा वुहानमा विरामीहरू भेटिएका थिए ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ जना नयाँ सङ्क्रमित भेटिएका छन् । चीनमा अप्रिल २८ तारिखयता एकै दिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो ।

चीनमा शुक्रबार एक जना मात्र नयाँ संक्रमित भेटिएका थिए । शनिबार सङ्क्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन् ।

आयोगले सुलान शहरमा बुधबार सङ्क्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा सङ्क्रमण फैलिएको जनाएको छ । सङ्क्रमित सबैमा कोरोना भाइरस सङ्क्रमणका कुनै लक्षण नदेखिएको आयोगले बताएको छ ।

चीनमा आइतबारसम्म ८२ हजार ९०१ जना सङ्क्रमित भएका छन् । तीमध्ये चार हजार ६३३ जनाको ज्यान गएको छ भने ७८ हजार १२० व्यक्ति उपचारपछि घर फर्किएका छन् । चीनमा छिटपुट घटनाबाहेक सङ्क्रमितको सङ्ख्यामा नियन्त्रण देखिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ४५ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका