५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

हिन्दू स्वयम् सेवक सघं परिवारद्वारा लकडाउन अबधिभर दैनिक ३७६० जनालाई खाना वितरण जारी



काठमाडौ । कोरोना भाईरस (कोभिड-१९) को कारण नेपाल सरकारले लगाएको लकडाउनका कारण खाना खानबाट बञ्चित परिवारहरुलाई  हिन्दू स्वयम् सेवक सघं परिवार र पशुपति गौशाला धर्मशालाद्वारा खाना वितरण कार्य जारी राखेको छ ।

लकडाउनको कारण घर जान नपाएकाहरुका परिवार, असाहय, गरिब परिवारहरुलाई सघंको केन्द्रीय कार्यालय गौरीघाट (केशव धाम)ले लकडाउनको तेस्रो दिनबाट सुरु गरेको खाना वितरण कार्य निरन्तर जारी राखेको हो । खाना वितरण कार्य लकडाउन अवधिभरि नै जारी रहने पनि जनाईएको छ ।

सघंले २० दिन पशुपति र गुह्यश्वरीमा खाना खुवाउँदै आएकोमा खाना खानेको संख्या बढ्दै जाँदा पशुपति गौशाला धर्मशालासँग समन्वय गरी हाल ८ ठाउँमा खाना वितरण गरिरहेको छ । मानवीय मनका दुवै संस्थाहरुले अहिले तार्केश्वर, गैरीगाउँ, नरेफाँट, पेप्सीकोला, शान्तिनगर, कालिमाटी, जैसिदेवल, शिव चौक र सिफलमा गरी ३७६० जनालाई खानाको प्याकेट लगायत सम्बन्धित ठाउँमा खाना, तरकारीको भाँडो नै गाडिमा राखेर खुला तरिकाले कुपनको आधारमा वितरण गर्दै आएको संघका राष्ट्रिय कार्यवहाक महासचिव मुरलीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

निरौला भन्नुहुन्छ हामीले सम्बन्धित वडाका वडाध्यक्षसँग सहकार्य गरेर भोजन वितरण गरिरहेका छौं, एक परिवारमा कति जना हुनुहुन्छ त्यहीअनुसारको कुपन दिन्छौं र एक परिवारको एक जनालाई समाजिक दूरीमा राखेर दैनिक विहान-बेलुका भोजन वितरण गरिरहेका छौं ।

महासचिव निरौलाका अनुसार, खुला भोजन पाँच ठाउँमा गरिँदै छ भने, बाँकी ३ ठाउँमा प्याकेट वितरण गरिरहेका छौं । ४ वटा गाडिमा राखेर खाना कुरिरहेका जनता भएको ठाउँमा पशुपति गौशाला धर्मशालामा दैनिक खाना पुर्याउँछौं र वितरण गछौं, हामीसँग एक दिनमा ४१७० जनासम्मले खाना खाएको रेकर्ड भएको दावी महासचिव निरौलाले गर्नुहुन्छ ।

हिन्दू स्वयंम् सेवक सघंले काठमाडौं भ्यालीमा २२ हजार माक्ससमेत वितरण गरेको थियो ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : १० बजे

दाउन्नेमा चिप्लो बाटो, लामो जाम, यात्रुको बिचल्ली

नवलपुर । बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन

तराई-मधेश जागरण अभियानअन्तर्गत कपिलवस्तुका गाउँ पुगे प्रचण्ड

कपिलवस्तु । तराई मधेश जागरणअभियानअन्तर्गत पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु