२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

सगरमाथा चीनमा पर्ने भन्दै चिनिया सञ्चारमाध्यममा आयो झुटो दाबी



काठमाडौं । कालापानी, लिपुलेकमा भारतले नेपालको १९ किलोमिटर भुमि मिचेर सडक उदघाटन गरेको चर्चा सेलाउन नपाउंदै चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेर नयां बिबादको सुरुवात गरेको छ ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क [सीजीटीएन]ले ट्वीटर मार्फत सगरमाथा चिनिया भुभागमा पर्ने उल्लेख गरेको छ ।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ ।

सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेसंगै नेपाल लगायत बिश्व समुदायका सामाजिक सन्जालमा चिनिया दाबीको विरोध पनि सुरु भएको छ । सामाजिक सञ्जालकर्ताहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन चिनिया सञ्चारमाध्यमलाई सुझाव दिइरहेका छन् ।

ऐतिहासिक तथ्यांक अनुसार सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।

भारतीय सर्भेयरको सहयोगमा सगरमाथाको उचाइ पहिलोपटक सन् १९५० को दशकमा नापिएको थियो । त्यतिबेलादेखि हालसम्म सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर मानिएको छ ।

सन् वि.सं. २०७२ मा नेपालमा आएको भूकम्पले सगरमाथाको उचाइ केही घटेको हुन सक्ने अनुमान पनि गरिएको छ । गत वर्ष जेठ महिनामा नेपालको नापी विभागको टोली सगरमाथाको उचाइ नापेर फर्किएपनि हालसम्म त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन ।

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ५८ बजे

नवनियुक्त इजरायली राजदूतको स्वागत

काठमाडौं । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास

फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल

गण्डकी । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका

प्रचण्डद्वारा छठ पर्वको शुभकामना व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा

नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सव हुँदै, ११ बजे शोभा कलशयात्रा

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आयोजना हुने