५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

नेपाली भूमिमा भारतको १९ किलोमिटर सडक : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । भारतले नेपाली भूमिा १९ किलोमिटर सडक बनाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै बनाएको सनिर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी दिनुभएको हो ।

यो सडक भारतले मानसरोवर जोड्ने लक्ष्यका साथ बनाएको हो । तर परराष्ट्रमन्त्रीले जम्मा १९ किलोमिटर सडक नेपाली भूमिमा रहेको जानकारी दिए पनि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने नेपाली भूमिमा भारतको २० देखि २२ किलोमिटर सडक रहेको बताउनुभएको छ ।

मन्त्री ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोबारे विस्तृत जानकारी दिल्लीस्थित नेपाली दूतावासबाट मगाइसकेको बताउनुभयो ।

भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको अवधारणा सन् १९९९ मा विकास गरेको पनि जानकारी दिँदै ज्ञवालीले सन् २०१४ मा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि भारतले सडक निर्माणमा तीव्रता दिएको बताउनुभयो ।

भारत सरकारले सन् २००५ मा स्वीकृत गरेको सो सडकमार्गको निर्माण कार्य सन् २००८ मा सुरु गरेको थियो ।

मन्त्री ज्ञवालीले नेपाल–भारत सीमाको वैज्ञानिक आधार सन् १८१६ को सुगौली सन्धि भएको स्पष्ट पार्दै विवादित विषय सुगौली सन्धिअनुसार नै समाधान हुनुपर्छ भन्नेमा नेपाल अडिग रहेको दोहो-याउनुभयो ।

सीमा विवाद कूटनीतिक तहबाटै समस्या समाधान उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ५४ बजे

संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका

विराटनगर एमालेमा ओली पक्ष पराजित

विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा

दाउन्नेमा चिप्लो बाटो, लामो जाम, यात्रुको बिचल्ली

नवलपुर । बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन

तराई-मधेश जागरण अभियानअन्तर्गत कपिलवस्तुका गाउँ पुगे प्रचण्ड

कपिलवस्तु । तराई मधेश जागरणअभियानअन्तर्गत पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको