५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थपबारे निर्णय हुने



काठमाडौं । लकडाउनबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

बैठकले लकडाउन थपको निर्णय गर्ने बुझिएको छ । कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अहिलेसम्म गरेको लकडाउन प्रभावकारी रहेको ठहर गर्दै अझै लम्ब्याउनुपर्ने निस्कर्ष निकालेको थियो । प्रधानमन्त्रीकै उपस्थितिमा बसेको बैठकको सिफारिसलाई मन्त्रिपरिषदले अनुमोदन गर्ने एकमन्त्रीले बताए ।

कोरोना भाइरस ९कोभिड–१९० संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि देशभर लकडाउन जारी राखेको छ। कम्तिमा पनि एक साता लकडाउनको अवधि थपिने उच्चस्तरी समितिमा प्रतिनिधित्व गर्ने एक मन्त्रीले जानकारी दिए ।

यसअघि नै प्रधानमन्त्री ओलीले लकडाउनलाई निरन्तरता दिने संकेत गरिसक्नुभएको छ ।

सरकारले कोरोना नफैलियोस् भनेर सुरुमा ११ चैतमा एक साताका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटक पटक थप गर्दै लकडाउनको अवधि २५ वैशाखसम्म पुर्‍याएको छ।

भारतले ४ जेठसम्म लकडाउनको अवधि थपिसकेको छ। भारतमा संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेको छ। नेपालमा पनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : २० बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका