२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

प्रधानमन्त्रीले सम्झे कार्ल मार्क्स



प्रधानमन्त्री केपी ओलीले बिश्व कम्युनिष्ट आन्दोलनका प्रबर्तक कार्ल मार्क्सको स्मरण गर्नुभएको छ । कार्ल मार्क्सको २०२ औं जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले मार्क्स प्रति श्रद्धान्जली अर्पण गर्नुभएको छ । आज प्रकाशित श्रद्धान्जली बक्तब्यमा भनिएको छ, “मानव जातिको मुक्तिका लागि यस युगका चिन्तक, दार्शनिक तथा महानायक कार्ल मार्क्र्सको २०२ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु” ।
कार्ल मार्क्र्सले विश्व मानव जातिको इतिहासमा चिन्तकका रुपमा एउटा सहश्राब्दीलाई नै सर्वाधिक रुपमा प्रभावित पार्न सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मानव जातिको इतिहासलाई अध्ययन गर्ने मात्र होइन, त्यसलाई बदल्ने विचार समेत कार्ल माक्र्सले दिन सफल हुनु भएको स्पष्ट पार्नुभएको छ । उहांले मानव समाजमा न्याय, समानता र श्रमिक वर्गको हितमा माक्र्सले अगाडि सार्नु भएका विचारले एउटा सहश्राब्दीलाई नै प्रभावित पारेको बताउनु भएको छ । प्रधानमन्त्रीले भन्नु भएको छ, “सहश्राब्दीबाट प्राप्त ज्ञान, विचार र चिन्तनलाई श्रमिक वर्ग र मानव जातिको हितमा सदुपयोग गर्न यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु”।
प्रधानमन्त्री ओलीले हाम्रो सन्दर्भमा आजको मार्क्र्सवाद देशबाट गरिवी हटाउने, जनताको जीवनमा सुखभर्ने, सामाजिक न्याय सहितको समानता कायम गरी मुलुकलाई समृद्ध बनाउनु भएको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ५८ बजे

आजदेखि तेस्रो अन्तरराष्ट्रिय यातायात सम्मेलन आयोजना हुँदै

काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि यहाँ

एमालेको आज बुटवलमा जागरणसभा, प्रधानमन्त्री ओलीसहित शिर्ष नेताहरुले सम्बोधन गर्दै

बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा तीन बालबालिका सहित ६ जनाको मृत्यु

न्यूयोर्क । अमेरिकाको हडसन नदीमा भएको हेलिकप्टर दुर्घटनामा परी तीन

चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीका दुई महिला

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

चीन । चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी