२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

किचकिचे घरबेटी सार्बजनिक (भिडियो सहित)



बुटवल । काेराेना महामारीकाबीच कलाकारहरुले नयाँ शैलीबाट दाेहोरी गीत बजारमा ल्याएका छन् । कलाकारहरुले आफ्नै निवासबाट भिडियो सुटिङ्ग गरी दाेहाेरी तयार भएकाे छ ।

लकडाउनले समस्यामा रहेका भाडावाल र घरबेटीकाे विषयमा रहेर गुल्मी पराल्मीका स्रष्टा प्रदीप प्रखर पोखरेलले यो गीत लेखेका हुन् । उनकाे शब्द संकलनमा रहेको ‘छैन लाउन खान’ त्रिकोणात्मक दोहोरी युटुवबाट सार्वजनिक गरिएको हो ।

यस गितमा कोरोनाले निम्ताएको समस्यालाई मध्यनजर गर्दै घरवहाल छुटको विषयलाई मुख्य रुपमा उठान गरिएको छ । ‘यसपाली त कोरानाले गर्नुसम्म गरो, घरवेटीले हाम्लाई भाडा छुट दिन परो ।’– गितमा भनिएको छ ।

पछिल्लो समय कोरोनाकाकारण सृजना भएको समस्यालाई मध्यनगर गरेर गित रचना गरिएको संकलक तथा साहित्यकार पोखरेल बताउँछन् । ‘हामी गित मार्फत सचेतना फैलाउने प्रयास गरेका छौँ’ उनी भन्छन् –‘कोरोनाका कारण आय आर्जनमा समस्या भएको छ घरवेटीले यो कुरा बुझ्नु पर्छ ।’
गितमा गायकहरु महेश विक्रम पाण्डे, कृष्ण लामिछानेको साथमा गायीका पुजा गुरुङ्गले साथ दिएकी छन् ।

करिव दश मिनेटको गितको लय भने विनोद ढकालले तयार गरेका हुन् । पुनम अडियो एन भिडियोको व्यानरमा तयार भएको म्युजिक भिडियोमा चर्चित मोडलहरुले अभिनय गरेका छन् ।

चर्चित मोडल विमल अधिकारी, लोक दोहोरी गायिका टिका सनु, अनिता बस्नेत (मास्र्टनी)लगाएत एक दर्जन बढी कलाकारहरुले अभिनय गरेका छन् ।

पुनम एभिएस नेपालको अफिसियल युटुव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : ५७ बजे

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर

विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै

भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा

लुम्बिनी । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना