५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

संघीय संसदको महासचिवमा डा. गौतम सिफारिस



काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतमलाई सिफारिस गरिएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज गौतमलाई संसदको महासचिवका लागि सिफारिस गर्नुभएको हो ।

गौतमलाई महासचिव नियुक्तिका लागि सभामुख र अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गौतम संसद सचिवालयका सचिव हुनुहुन्छ ।

मनोहरप्रसाद भट्टराईको कार्यकाल सकिएपछि संसदको महासचिव पद खालि थियो । भट्टराईको पद रिक्त भएपछि सभामुख सापकोटाले संसदका सचिव गोपालनाथ योगीलाई कार्यबहाक महासचिव तोक्नुभएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : ५२ बजे

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका

वीरगञ्जमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर