५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

आजको मौसम : अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौ । अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रही पश्चिमी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आज राती देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भू-भागका केही स्थानहरुमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : २५ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका