५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

संक्रमित बढ्दै गएपछि बांकेको कोरोना अस्पताल रहेको खजुरा गांउपालिका सिल



खजुरा । एकै दिनमा १५ जना कोरोना संक्रमितको उपचारका लागि बांकेको खजुरा स्थित सुशिल काईराला क्यान्सर अस्पतालको आईसोलेसन सेण्टरमा लगिएपछि खजुरा गांउपालिकाले थप सतर्कता अपनाएको छ ।

३ दिन अगाडीका संक्रमित १ जना र आईतबार १५ जना संक्रमित पुष्टी भएसंगै उनीहरुले खजुरा स्थित आईसोलेसन अस्पतालमा लगिएको छ । संक्रमितको संख्या बढेसंगै खजुरा गांउपालिकाले सोमबार बिहान ६ बजे देखि लागु हुने गरि पालिका स्तरमा सिल गर्ने निर्णय गरेको छ । संक्रमित थपिएसंगै उनीहरुलाई भेट्न आउने तथा अन्य गतिबिधीबाट जोखिम बढ्न सक्ने भन्दै पालिका सिल गरिएको खजुरा गांउ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनु भयो ।

अस्पतालमा आज थपिएका सहित १६ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जन स्वास्थ्य कार्यालय बांकेका कारोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । पहिलो संक्रमितको एकाघरको परिवारका २ जना सहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आज सांझ सम्म ५५ जनाको रिपोर्ट आएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ३६ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका