२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

उत्तर कोरियाली नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक



काठमाडौं । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया)का सर्वोच्च नेता किम जोङ्ग उन लामो संशयका बीच सार्वजनिक भएका छन् ।

नेता किम २० दिन पछि मे १ दिवसको अवसरमा रासायनिक मल कारखानामा आयोजित कार्यक्रममा सहभागी भएको फोटो उत्तर कोरियाको संचार संस्था केसीएनएले सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेको देखिन्छ । नेता किम आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।

नेता किमको स्वास्थ्यलाई लिएर पश्चिमा संचार माध्यमहरुले अनेक अड्कलवाजी गरेका थिए । किमको मृत्यु समेत भैसकेको समाचारहरु सार्वजनिक भएका थिए । किम सार्वजनिक भएसँगै उत्तर कोरियाका बारेमा पश्चिमा देश र संचार माध्यमहरुले लेख्ने स्क्रिप्ट एकपटक फेरि मिथ्या सावित भएको छ ।

अप्रिल १२ पछि किम कतै पनि सार्वजनिक कार्यक्रममा नदेखिएपछि उनी गम्भीर बिरामी भएको, मुटुको अपरेशनपछि मृत्यु भएका जस्ता अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए । जासुसी सूचनाको आधार भन्दै अमेरिकी अधिकारीहरुले त किम कोमामा गैसकेको दाबी गरेका थिए । पश्चिमा संचार माध्यमहरुले किम पछि उत्तरकोरियाको नेतृत्वका बारेमा स्वघोषित विश्लेषण प्रवाह गरिसकेका थिए ।

तर, दक्षिण कोरियाले भने किम जोङ्ग उन गम्भीर रुपमा बिरामी भएको कुरा सत्य नभएको बताउँदै आएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : ०५ बजे

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर

विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै

भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा

लुम्बिनी । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना