२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

थपियो २ साता भारतमा लकडाउन, आप्रावासी मजदुरलाई रेलमार्गबाट गन्तब्य पठाईने



बुटवल । कोरोना भाइरसको संक्रमित बढ्ने क्रम नरोकिएपछि भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएकोमा अवधि सकिनु अघि नै लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको द हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन सुरु गरिएको थियो । भारत सरकारले लकडाउन घोषणा गरेपनि भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ।

शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ५४ जनाको ज्यान गएको छ । त्‍यस्तै संक्रमण पुष्टि भएकामध्‍ये ९ हजार ६८ जना निको भएका छन् ।

अचानक लकडाउन घोषणा गरेपछि भारतका विभिन्न सडकमा आप्रवासी मजदुरहरु अहिले पनि अड्किएका छन्। तिमध्ये कतिपय सयौं किलोमिटर हिँडेर घर फर्किएका छन् भने केहीलाई प्रदेश सरकारहरुले गाडी पठाएर घर ल्याएका छन्।

थपिएको लकडाउनको अवधिमा भारतका विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याइनेछ। ग्रीन जोनमा परेका ठाउँमा क्रमिक रुपमा लकडाउनलाई खुकुलो बनाइँदै लगिनेछ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा दुई हजार नयाँ कोरोना संक्रमित थपिएको छ भने ७३ जनाको मृत्यु भएको छ ।

भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्र, गुजरात र दिल्लीमा देखिएको छ । शुक्रबार नै भारतको स्वास्थ्य मन्त्रालयले भारतका ७३३ जिल्लालाई रेड, ओरेन्ज र ग्रीन क्षेत्रमा वर्गीकरणसमेत गरेको छ । संक्रमण उच्च भएका १३० जिल्लालाई रेड, संक्रमण सीमित भएको र पछिल्ला दिनमा वृद्धि नदेखिएका २८४ लाई ओरेन्ज र पछिल्लो २१ दिनमा एउटा पनि संक्रमणको केस नदेखिएका जिल्लालाई ग्रीन क्षेत्र निर्धारण गरिएको छ । राजधानी दिल्लीका सबै ११ जिल्लालाई रातो क्षेत्र अर्थात् उच्च जोखिम वर्गीकरण गरिएको छ ।

लकडाउनकै बिच विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई गन्तव्यमा पुऱ्याउनका लागि रेल सेवासमेत सुरु गरिने भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । भारतीय स१ञ्चार माध्यमका अनुसार भारत सरकारले विभिन्न राज्यमा अलपत्र परेका आप्रवासी कामदारी, तीर्थयात्री, विद्यार्थी र पर्यटकहरुलाई लक्षित गर्दै विशेष रेल ‘श्रमिक ट्रेन’ सञ्चालन गर्ने छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : १९ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर