२ बैशाख २०८२, मंगलबार | April 15, 2025

झापाका संक्रमित रातभभर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर बस्न बाध्य



धरान । झापाबाट पठाइएका २७ जना कोरोना भाइरसका संक्रमितहरु धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रातभर बाहिरै बस्न बाध्य भएका छन् । उनीहरुलाई अझै पनि आइसोलेसनमा भर्ना गरिएको छैन ।

शुक्रबार साँझ झापाको कचनाकबल गाउँपालिकाबाट बसमा राखेर धरान ल्याइएका उनीहरुलाई बेड अभाब भएको भन्दै रातभरी अस्पताल बाहिरै राखिएको संक्रमितहरुले बताएका छन् ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भने झापाले समन्वय नगरी संक्रमित पठाउँदा समस्या भएको जनाएको छ । कोरोना संक्रमितलाई अहिले विहानसम्म आईसोलेसनमा भर्ना गर्न नसक्नुको कारण आईसोलेसनमा बेड अभाव भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । झापाले विना जानकारी पठाउँदा समस्या भएको भन्दै डा. सापकोटाले संक्रमितहरुलाई छिट्टै भर्ना गरिने बताउनुभयो । राति आईपुगे पछि व्यववस्थापनमा समस्या भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले तयार गरेको कोभिड १९ अस्पतालमा विरामी नराखी अहिले सम्म संक्रमित विरामीहरुलाई पेईङ व्लगको आईसोलेसनमा राखिएको छ । ३० बेडको पेईङ वार्डमा अहिले सम्म ६७ जना कोरोना संक्रमित बिरामी भर्ना भईसकेका छन् भने थप २७ जना विरामी आउदा समस्या भएको हो ।

कोरोना संक्रमित विरामीलाई रातभरी आइसोलेसन बाहिर राखिएकोमा जोखिम बढेको स्वास्थ्यविज्ञहरुले बताएका छन् ।

संक्रमित रातभर बाहिर बस्न परेपछि उनीहरुले दिसापिसाब पनि बाहिरै गरेका छन् । पेइङ वार्डका बाहिर शौचालय नभएका कारण संक्रमितले अस्पताल बाहिरै दिशा पिसाब गरेको अस्पताल स्रोतले बताएको छ । संक्रमित बसेको, संक्रमितले छोएको ठाउँलाई त सेनाटाइज गर्नुपर्ने अवस्थामा बाहिरै दिसापिसाब गरेपछि जोखिम झन बढ्ने चिन्ता बढेको छ ।

अहिले सम्म प्रतिष्ठानको हाता भित्र मात्रै पहिले भर्ना भएका ६७ जना र शुक्रबार झापाबाट ल्याईएका २७ जना गरी कुल कोरोना संक्रमितको संख्या ९४ जना संक्रमित रहेका छन् । आसंका गरिएका थप २ जनालाई पनि आईसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ९ : २८ बजे

गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो

चितवन । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : हसिना खान

काठमाडौं । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा

कक्षा १२ को परीक्षाका कुनैपनि काममा सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई महासंघको अपिल

काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने

चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ । पछिल्लो समय बेनी-जोमसोम-कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै

ढोरपाटन-गुर्जा पदमार्गमा काठे पुल निर्माण

म्याग्दी । ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१