१ पुस २०८२, मंगलबार | December 16, 2025

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार, संविधान संशोधन प्रस्तावबारे निर्णय गर्ने



काठमाडौं । संविधान संशोधनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

शनिबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने काँग्रेसका मुख्य सचिव कृष्णप्रसदा पौडेलले जानकारी दिनुभएको छ ।

सरकारले संसदमा दर्ता गराएको नेपालको निशाना छाप परिवर्तनसम्बन्धी संविधान संशोधन प्रस्तावबारे काँग्रेस पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने गरेको थियो ।

गत सोमबार प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तावका विषयमा पार्टीमा छलफल गर्नुपर्ने भन्दै केही समय माग्नुभएको थियो ।

सरकारले भारतबाट अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसअनुसार संविधानको अनुसूचि ३ मा रहेको निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।

बुधबार संसद बैठकमा पेश गर्ने कार्यसूचि रहेपनि पेश गरिएको थिएन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १२ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज