२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

रुकुम नरसंहारको विरुद्ध बुटवलमा विरोध प्रदर्शन



बुटवल । पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहार विरुद्ध बुधबार बुटवलमा प्रदर्शन गरिएको छ ।

स्वत स्फूर्त रुपमा दलित नागरिक अगुवा, मानवअधिकारकर्मी र आम नागरिकहरुको सहभागितामा जाजरकोटका नवराज विक सहितको नरसंहारको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहितको विरोध प्रदर्शन गरिएको हो ।

रुकुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ? दलितमाथिको विभेद अन्त्य गर, रुकुम घटना पिडितलाई न्याय दे, अजित मिजार, नवराज विक र रुपन्देहीका अङगिरा पासीको हत्या कहिलेसम्म ? जस्ता प्लेकार्ड सहित अधिकारकर्मी, आम नागरिकहरु प्रदर्शनमा उत्रेका थिए । बुटवल पुष्पलालपार्कको मुख्य सडक क्षेत्रमा करिव १ सय मिटरको क्षेत्रसम्म सामाजिक दुरी कायम गर्दै मौन रुपमा प्लेकार्ड लिएकाहरुले जातीयताका नाममा हुने विभेद स्विकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारले ध्यानआकर्षण गराए ।

उक्त अवसरमा पश्चिम रुकुम घटनाका सन्दर्भमा बोल्दै संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले रुकुम घटना जातीयताकै कारण भएको दक्षिण एसियाकै ठूलो नरसंहार भएको भन्दै अब अन्याय सहन नसक्ने बताए ।

उनले दरबार वा मन्त्रालयमा बसेर रुकुम घटनामा संलग्न दोषीलाई संरक्षण गर्न खोजिएपछि बुटवलका आम नागरिक स्वतस्फूर्त रुपमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन हुँदा पनि बाध्य भएर सडकमा उत्रनुपरेको बताए । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादी जनयुद्धको चौरजहारीमा सामूहिक रुपमा हत्या गरिनु निकै ठूलो लज्जाको बिषय भएको उनले बताए ।

उनले रुकुम घटना पासविक घटना भएको अवस्थामा राजनितिक संरक्षण भए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । उक्त अवसरमा दलित अभियान्ता नरबहादुर सुनारले दलित समुदायमाथि रुकुम पश्चिमको घटनाले मानव हुनुकै अर्थ बिर्साएको भन्दै दोषीले न्याय नपाउदासम्म निरन्तर आन्दोलन गर्ने जानकारी दिए ।

प्लेकार्ड सहितको प्रर्दशनमा दलित नेता जोगलाल विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनाल, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, दलित अगुवाहरु जुद्ध विश्वकर्मा, हरिओम विश्वकर्मा, रामकुमार रणपाल, एमवि विश्वकर्मा, लोक बहादुर नेपाली, दीपक विश्वकर्मा, मनु खड्का लगायतको सहभागिता थियो ।

भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक गत शनिबार रुकुम पश्चिम चौरजहारी सोती गाउँकी मल्ल थरकी एक युवतीलाई विवाह गर्न भन्दै लिन पुग्दा गाउलेको सामूहिक आक्रमणबाट हत्या भएको थियो । नवलरास सहित ४ जनाको शव भेरी नदीमा भेटिएको छ । बुधबार मात्रै हातखुट्टा बांढेको र टाउकोमा गहिरो चोट लागेको अवस्थामा लोकेन्द्र सुनारको शव फेला परेको छ ।
यसअघि नवलराज विक सहित गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव फेला परिसकेको छ ।

घटनामा भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही अझै वेपत्ता रहेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ६ : १५ बजे

पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वका मूर्त र

एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो

टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

काठमाडौँ । नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल,

वैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा प्रवचनको पहिलो दिनमा ८ लाख आर्थिक संकलन

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम

‘सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने’

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख