१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

लियो क्लव अफ तिलोत्तमाको अध्यक्षमा गुरुङ्ग निर्वाचित



बुटवल । लियो क्लव अफ तिलोत्तमाको अनलाईन प्रविधि मार्फत निर्वाचन सम्पन्न भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्दै क्लवले अनलाईन प्रविधिलाई प्रयोग गर्दै निर्वाचन गरेको हो ।

अनलाईन प्रविधि मार्फत भएको निर्वाचनमा बर्ष २०२०/२१ का लागि अध्यक्षमा सिद्धार्थ गुरुङ्ग निर्वाचित हुनुभएको छ । उहा एक सफल युवा व्यवसाय हुनुहुन्छ । त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा चंचल कुमार कार्की, द्धितिय उपाध्यक्षमा अनिल पंगेनी, तृतिय उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यस्तै क्लवको सचिवमा मिजास आचार्य, सहसचिवमा सृष्टि ढकाल निर्वाचित हुनुभएको छ । क्लवको कोषाध्यक्षमा अमित पौडेल र सहकोषाध्यक्षमा आकाश सापकोटा निर्वाचित हुनुभएको छ । त्यस्तै क्लवका डाइरेक्टरमा प्रतिक कसजु, सुवर्ण सिंह सिलवाल, विवेक ज्ञवाली,अर्जुन क्षेत्री, सुमी श्रेष्ठ, एलिशा ओझा र सृष्टि घिमिरे रहनुभएको छ । क्लवको मेम्बरसिप डाइरेक्टर सन्तोष केसी, इभेन्ट डाइरेक्टर अविरल खनाल रहनुभएको छ ।

क्लवको सचेतकमा इसा बज्राचार्य, जनसम्पर्क अधिकृत गौरव रिजाल र जिन्सी प्रमुखमा केयुस लाकौल निर्वाचित हुनुभएको निर्वाचत अधिकृत क्लवका पूर्व अध्यक्ष सुमित श्रेष्ठले जानकारी दिनुभयो ।

लियो क्लव अफ तिलोत्तमाका एक्शटेन्सन चेयर पर्सन पुरुषोत्तम भक्त प्रधानाङ्ग, क्लवका लियो एडभाइजर प्रमोद कसजु संस्थापक अध्यक्ष सन्देश श्रेष्ठ, पुर्व अध्यक्षहरु निर्मित कसजु, क्रृषवमान थैव, बिकाश महत, चिरञ्जिवी थैव सुमित श्रेष्ठ, आशिष गौचन राजन कसजुको सहभागितामा क्लवले नयाँ नेतृत्वका लागि निर्वाचन गरेको थियो ।

सोही अवसरमै निर्वाचित अध्यक्ष गुरुङ्गले क्लवले यस अघि गरेको सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १० : २४ बजे

कोहलपुरमा जिपको ठक्करबाट वृद्धको मृत्यु, सुनवलबाट जिप सहित चालक पक्राउ

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल

शंखमुलमा इनारमा खसेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं । शुक्रबार बिहान शंखमुलमा इनारमा खसेका एक व्यक्तिको सकुशल

मानवसेवा आश्रमको महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन

सर्लाही । मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सर्लाहीको हरिवन

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

काठमाडौं। अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा

लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप

काठमाडौँ । बिन्द्रावती बनिया एक्कासी अचेत भएपछि भीम अस्पताल लगियो