१३ पुस २०८१, शनिबार | December 28, 2024

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतमा राख्न काँग्रेसको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रीत गरी विनियोजन गर्न माग गरेको हो । देश कोरोना भाइरससँग लडिरहेको सन्दर्भमा कोरोना सचेतना, कोरोनासँग लड्न आवश्यक सामग्री, नागरिकको उपचार र राहतलाई केन्द्रमा राखी बजेट विनियोजन गर्न कांग्रेसले माग गरेको हो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने भएकाले तत्काल संसद सुचारु गर्न पनि कांग्रेसले माग गरेको छ । कोरोनालाई परास्त गर्न आवश्यक पर्ने रणनीति तय गर्न, सरकारका कमजोरी केलाएर सुधारका लागि सहयोग प्रदान गर्न, सरकारले ल्याएका अध्यादेशभित्रको नियतका विषयमा विश्लेषण गर्न गर्न पनि संसद सुरु हुनुपर्ने आवश्यकता कांग्रेसले औल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा लक डाउनको समिक्षा पनि भएको छ । लक डाउनको उपयोग गरी सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्न सरकार नसकेको निष्कर्ष बैठकले निकालेको छ ।

लक डाउनमा अफ्ठ्यारोमा परेका नागरिकहरुलाई राहत उपलब्ध गराउने काम प्रभावकारी नभएको र स्वास्थ्यकर्मीहरुलाई पिपिई अगायतका अत्यावश्यक सामग्री अभाव भएको कांग्रेसले जनाएको छ । पिपिई व्यवस्थापन लगायतका सामग्रीको व्यवस्थापन, राहत वितरणमा सरकारको अयोग्यता तथा भ्रष्टाचार, अनियमितता र विभिन्न अपराधका घटनामा सरकारको संलग्नताका विषयमा बैठकमा छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा अफ्ठ्यारोमा परेको नागरिकहरुको उद्दार गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने र राहतको वृहत प्याकेज ल्याउन कांग्रेसले सरकारसँग अपिल गरेको छ ।

यसअघि स्वस्थ्यकर्मी तथा अर्थविदहरुसँगको छलफलका क्रममा उठेका विषयवस्तुमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ५४ बजे

मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित,

प्रचण्डको उद्घोष – भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु गरिसक्यौ

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको