२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

पेरिस, फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा भेटियो कोरोना भाइरसको निसान



काठमाडौ । पेरिस, फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा कोरोना भाइरसको निसान भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेको हो ।

यस प्रकारका पानीका पाइपलाइनमा कोरोना भाइरसको अंश फेला परेपछि पेरिसका पिउने पानी बाहेक अन्य सबै पापलाइनहरुको सञ्‍जाललाई अनिश्चित कालका लागि विच्छेद गरिएको पेरिस महानगरपालिकालाई उद्धृत गर्दै फ्रान्सेली सञ्‍चारमाध्‍यम ले मोन्‍डेले जनाएको छ ।

कोरोना भाइरसको सानो संकेत सडक सफा गर्ने, आगलागी निभाउने, बोटबिरुवामा सिंचाइ गर्ने, निर्माणमा प्रयोग गर्ने पानीको पाइपलाइनमा फेला परेको हो । तर पिउने पानीका लागि भने जोखिम छैन् पेरिस महानगरपालिका प्रमुख आन डिहाल्गोले मिडियाहरुसित भनिन् । महानगरपालिकाको खानेपानी विभागको प्रयोगशालाले २७ वटा नमुना परीक्षण गर्दा चार वटा नमुनामा कोरोना भाइरसको अंश फेला परेको हो ।

त्यसलगत्तै जनस्वास्थ्यलाई ख्याल गरेर अधिकारीहरुले पेरिसका पानीका सबै पाइपलाइनको सञ्जाल विच्छेद गर्न निर्देशन दिएका थिए । तर पिउने पानीका पाइपलाइन भने अलग्गै संयन्त्र, मार्ग र पाइपबाट आउने र तिनमा भाइरस फेला नपरेकाले सुरक्षित रहेको दाबी गरेका छन् । भाइरस फेला परेका पाइपबाट आउने पानी सेन नदी र ऊर्क नहरबाट बिनाप्रशोधन सिधै ल्याउने गरिन्छ ।

यो पानी बगैंचा, पार्क, उद्यानमा सिँचाइ गर्न, सडक सफा गर्न, भवन निर्माणलगायतका काममा प्रयोग गरिने हुनाले नागरिकमा संक्रमण हुन सक्ने हुँदा विच्छेद गरेको महानगरपालिकाका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ५० बजे

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर

विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै

भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा

लुम्बिनी । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना