१ बैशाख २०८२, सोमबार | April 14, 2025

श्रमिकहरु खोज्दै घर पठाउंदै तिलोत्तमा नगरपालिका



बुटवल । लकडाउन लम्बिंदै जांदा बेखर्ची भएका श्रमिकहरुलाई लकडाउन कै बिचमा स्थानीय तहले घर फर्काउन थालेका छन् ।

उद्योग कल कारखाना बन्द हुनुका साथै ठेकेदार कम्पनीहरुले पनि दैनिक ज्यालादारी मजदुरहरुको बेवास्ता गरेपछि कामका लागि शहर पसेका श्रमिकहरुको बिचल्ली भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रको बिभिन्न स्थानमा निर्माण कार्यमा कार्यरत करिब दुईसय श्रमिकलाई उद्दार गरी आज घर घर पठाएको छ ।

लकडाउनका कारण बेखर्ची भएका मजदुरलाई नगरपालिकाले नै गाडीको व्यवस्था गरी घर पठाएको तिलोत्तमा नगरपालिकाले जनाएको छ । बर्दिया, दाङ, कैलाली लगायत पश्चिम क्षेत्रका मजदुरहरुलाई आइतबार बेलुका ६ बजे चारवटा बसको व्यवस्था गरी घरतर्फ पठाइएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।

घरजान पाएकोमा दङ्ग परेका श्रमिकका बालबालिकाहरु खुसीहुंदै बस चढेका थिए । तिलोत्तमा नगरपालिकाले बर्दियाका १२ जना बच्चासहित ५७ जना, दाङका ११ बच्चासहित ६४ जनालाई तथा कैलालीका ६१ जनालाई आज घर पठाइएको नगरप्रमुख घिमिरेले जानकारी दिनुभयो ।

गुल्मी, पाल्पा र अर्घाखांचीको स्थानीय प्रशासनसंग आफूले समन्वयको प्रयास गरिरहेको बताउंदै छिटै त्यस तर्फ पनि श्रमिकहरु पठाउने तयारी नगरपालिकाले गरिरहेको नगर प्रमुख घिमीरेले बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका वडाध्यक्षहरुले संकलन गरेको विवरणका आधारमा करिव दुईसय श्रमिकलाई उद्दार गरी सुरक्षित रुपमा घरतर्फ पठाइएको नगरप्रमुख घिमिरेको भनाइ छ ।

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डका बिच अलपत्र परेका श्रमिकहरुलाई घर पठाउने बिषयमा शनीबार छलफल भएसंगै देशभरका स्थानीय निकायहरुले हिंड्दाहिंड्दै सडकमा भोकै भएका तथा काम बन्द भएर बेरोजगार भएका श्रमिकहरुलाई घर पठाउने अभियान थालेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ०० बजे

दशकौैं पछि यो बर्ष उठेन विस्का जात्राको लिंगो

भक्तपुर । रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने

स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

सिमकोट । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा सिमकोट । हुम्लाको

समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

आईपीएल : दिल्लीको अपराजित यात्रामा मुम्बईले लगायो ब्रेक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल माथि मुम्बई

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई