१४ कार्तिक २०८१, बुधबार | October 31, 2024

मायादेवी फाउण्डेशन र बासद्वारा आँखा अस्पताललाई पीपीई



भैरहवा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यति बेला विशेष गरी स्वास्थ्यकर्मीहरु जोखिममा छन् ।

त्यही जोखिमलाई मायादेवी च्यारिटेबल फाउण्डेशन र बागेश्वरी असल शासन (बास)रुपन्देहीले संयुक्त रुपमा मध्यनजर गर्दै भैरहवास्थित रण अम्बिका शाह आँखा अस्पतालाई ७ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराएको छ ।

स्वास्थ्य सुरक्षा कवचको अभावमा जोखिममा नै आँखा सम्बन्धि रोगका बिरामीको उपचार गरिरहेका चिकित्सकलाई मध्यनजर गर्दै आँखा अस्पतालमा पीपीई प्रदान गरिएको मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताउनुभयो । उहाले आँखा रोगका विरामीहरुलाई उपचार गर्दा दुरी राख्न नसकिने भएकोले चिकित्सकहरुलाई पीपीई नितान्त आवश्यक रहेको बताउनुभयो ।

अस्पताललाई पीपीईसहित ४ सय थान सर्जिकल मास्क र ५० थान स्यानिटाइजर उपलब्ध गराइएको बास रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीले बताउनुभयो ।

पीपीई, मास्क तथा स्यानिटाइजर ग्रहण गर्दै रण अम्बिका शाह आँखा अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणाले सामाग्रीको अभावमा जोखिममा काम गरेका आँखा अस्पतालका चिकित्सकहरुलाई अब पीपीई काम गर्न थप हौसला प्रदान हुने बताउनुभयो ।

उहाले आँखा अस्पतालमा आएका आकस्मिक विरामीहरुको परीक्षण भइरहेको र अस्पताल क्षेत्र अझ जोखिममा रहेकोले पीपीईको नितान्त आवश्यकता रहेको बताउनुभयो ।

“पीपीईले संजीवनी बुटी तथा सुरक्षा कवचको रुपमा काम गर्नेछ, अब आँखाका विरामीहरुलाई उपचारमा सहयोग मिल्नेछ, उहाले भन्नुभयो ।” यस अघि लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले अस्पताललाई दुई थान पीपीई हस्तान्तरण गरेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : ५२ बजे

म्यानमारका संस्कृतीमन्त्री यूटिनद्धारा लुम्बिनी भ्रमण

लुम्बिनी । म्यानमार सरकारका धार्मिक मामिला तथा सँस्कृती मन्त्री यूटिन

प्रधानमन्त्रीद्वारा नेपाली महिला फुटबल टोलीलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुुटबलको उपाधि

निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ

काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ

सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा

भेरी अस्पतालमा उपकरण र जनशक्तिको अभावमा गुणस्तरिय सेवा दिन असहज

नेपालगन्ज । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन सुवेदीले