४ बैशाख २०८२, बिहिबार | April 17, 2025

प्रदेश ५ बाट थालियो महामारीमा ‘ड्युटी’ नगर्ने स्वास्थ्यकर्मी माथि कारवाही



बुटवल । माहामारीको प्रकोपका बेला बिरामीलाई सेवा नदिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रदेश ५ बाट कारवाही गर्न सुरु गरिएको छ ।

प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई कारवाही प्रकृया शुरु गरेको हो । मन्त्रालयले प्रदेशको राजधानीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरेको छ ।

लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालका आनुसार विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको छ ।
रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा प्रकृती कार्कीलाई सेवाबाट हटाईएको मेसु डा. खनालले जानकारी दिनुभयो ।

उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा उनुपस्थित भएका कारण हटाईएको डा. खनालले बताउनु भयो । हटाईएका चिकित्सकहरु करारमा नियुक्त भएका चिकित्सकहरु हुन ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएपछि उनीहरुलाई हटाईएको अस्पताल प्रशासनले जनाएको छ । मन्त्री बरालले सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक कर्मचारीहरुलाई हटाउन निर्देशन दिएका थिए ।

मन्त्री बरालले प्रादेशिक अस्पतालबाट कारवाही प्रकृया शुरु भएको जानकारी दिदै कोरोना भाइरसको संकटको वेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारवाही गरिने बताउनुभयो ।

मन्त्रालयले प्रदेशसमा रहेका सबै अस्पतालहरुको दैनिक हाजीरी बिवरण माग गरेको र गयल भएकाहरुलाई स्पष्टिकरण सोधेर हटाउने सम्मको कारवाही थालेको मन्त्री बरालले बताउनुभयो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : ५० बजे

लुम्बिनी कप महिला फुटबल : पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

नेपालगन्ज । नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको

वरियता मिचेर एआइजी बढुवा सिफारिस गरिएको भन्दै प्रहरीमा असन्तुष्टी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक

रास्वपाको महाधिवेशन आगामी फागुनमा, ७ वटै प्रदेशमा इन्चार्ज तोकिए

काठमाडौं । आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को विश्व प्रेस फोटो अफ द इयर

नेदरल्यान्ड्स । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा

बुटवलको कालिकानगरमा रहेको एल डोराडो एवेन्यू- तेस्रो वार्षिकोत्सवको अवसरमा ३ दिने विविध कार्यक्रम मनाउने

बुटवल । बुटवल-११ कालिकानगस्थित एल डोराडो एवेन्यू को स्थापनाको तेस्रो वार्षिकोत्सवको