२१ पुस २०८१, आइतबार | January 5, 2025

कक्षा ११ र १२ को परीक्षा स्थगित



काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ ।

बोर्डको मंगलबार बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका सदस्य–सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तथा रोकथामका लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा अन्योल भइरहेको बेलामा बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा वैशाख ८ र ११ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापेर परीक्षा सञ्चालनको तयारी अवस्थामा रहे पनि ढुवानी गरेर जिल्ला जिल्ला पुर्‍याउन भने बाँकी थियो । बोर्डले देशभर एक हजार १४७ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने परीक्षामा कक्षा ११ र १२ मा गरी कूल नौ लाख ६२ हजार विद्यार्थी सहभागी हुने भएका थिए ।

त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।
बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने भन्दै घर मै बसेर परीक्षाको तयारीमा लाग्न आग्रह गरेको छ ।

बोर्डका सदस्य–सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीका लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : ५८ बजे

पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारीको साधारणसभा विभिन्न कार्यक्रम गरि मनाइयो

बुटवल । तिन चरणमा सम्पन्न पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी

एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन : अर्थतन्त्रमा सुधार, अपेक्षित गति लिन नसकेको स्वीकार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष

ठूलो आँधीबेहरी, हिमवर्षा र चिसो चिन्ताले अमेरिकाका अधिकांश भाग आक्रान्त

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा

बुटवल हस्पिटल प्रा.लि.को सिटिजन बैकसंग सहकार्य

बुटवल । बुटवल हस्पिटल प्रा.लि.संग संघ संस्थाहरुसंगको उपचार सम्झौता अभियानलाई

मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म