२९ मंसिर २०८२, सोमबार | December 16, 2025

लायन्स क्लबहरुद्धारा खाद्यान्न बितरण



बुटवल । बुटवलमा कृयाशिल बिभिन्न लायन्स क्लवको सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ सुकुम्बासी टोलमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।

कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथामकालागि सरकारले कलडाउन गरेपछि दैनिक ज्यालादारी गरि खानेवर्गलाई लक्षित गरेर खाद्यान्न वितरण गरिएको हो ।

लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपकप्रसाद श्रेष्ठ र डिष्ट्रिक्ट को चिफ एड्भाईजर सुनिता श्रेष्ठको नेतृत्वमा लायन्स क्लव अफ सयपत्री, लायन्स क्लव अफ बुटवल स्टार, लायन्स क्लव अफ रुपन्देही, लायन्स क्लव अफ बुटवल सनसाईन, लायन्स क्लव अफ बुटवल खस्यौली, बुटवल माध्यमिक बिद्यालय भूपू बिद्यार्थी मञ्चका उपाध्यक्ष बासुदेव लामिछानेको सहकार्यमा त्यस क्षेत्रका एकसय घरलाई खाद्यान्न वितरण गरिएको हो ।

दैनिक ज्याला मजदुरी गरि खाने मजदुर वर्ग लकडाउनका कारण काम बिहिन भएकै कारण साँझ बिहान गास बिहिन बस्नु नपरोस भन्ने उद्देश्यले लायन्स क्लवहरुले सहकार्य गरेर खाद्यान्न वितरण गरिएको लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपकप्रसाद श्रेष्ठले बताउनु भयो ।
लायन्स क्लवहरुको सहकार्यमा संकलित खाद्यान्न तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टंकप्रसाद तिवारीलाई एकमुष्ट रुपमा हस्तान्तरण गरिएको थियो भने वडा अध्यक्ष तिवारीले लक्षित वर्गलाई वितरण गर्नुभएको हो ।

वडा अध्यक्ष तिवारीले सिंगो मुलुक लकडाउन हुँदा पनि लायन्स क्लवहरुले सहकार्य गरेर विपन्न मजदुर वर्गलाई खाद्यान्न वितरण गर्ने काम स्रहानीय रहेको बताउनु भयो ।

त्यस अवसरमा उनीहरुलाई चामल, तेल, नुन र दाल प्रदान गरिएको थियो । त्यस्तैगरी बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपांग आश्रमलाई पनि तेल र दाल प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ८ : २६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको