२८ मंसिर २०८२, आइतबार | December 15, 2025

कोरोना भाइरसकाे छैटौं संक्रमित नेपालमा भेटियो



काठमाडौ । नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनी चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्ति हुन् ।

संक्रमण देखिएको व्यक्ति उपत्यका बाहिरको रहेको पनि उहाले बताउनुभयो । उहाका अनुसार नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको छ । ४३ जनाको विभिन्न प्रयोगशालामा भइरहेको छ । कन्ट्याक्ट ट्रेसिङमा चारजनाको सबैको लभगभ सकिएको छ ।

तर केहीको भने बाँकी रहेको छ । बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको थियो । नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । आज संक्रमितको संख्या थपिएसँगै यो संख्या बढेर ६ पुगेको हो ।

पहिलो स‌ंक्रमितको गत माघ ९ गते कोरोना परीक्षण गरिएको थियो । सो क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

दोस्रो संक्रमित भने चैत ४ गते फ्रान्स कतारको दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा देखिएको थियो । युएईबाट चैत ६ गते काठमाडौं आएका ३२ वर्षीय युवामा कोरोना भेटिएको थियो । उनी नेपालमा कोरोना संक्रमण देखिएका तेस्रा व्यक्ति हुन् ।

उनीहरु दुबैमा कोरोना पुष्टि भएपछि टेकु अस्पतालमा भर्ना भई उपचार भइरहेको छ । यसका साथै उपत्यका बाहिर धनगढीमा र बागलुङमा देखिएका बिरामीको धौलािगरी अस्पतालमा उपचाररत छिन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ४ : ५८ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर