२८ मंसिर २०८२, आइतबार | December 14, 2025

पूर्व कृषिराज्य मन्त्री गुल्जारीले बांडे ६० क्वीन्टल चामल



भैरहवा । पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) ले मर्चवार क्षेत्रका वासिन्दालाई ६० क्वीन्टल चामल वितरण गर्नुभएको छ । उहाले रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित शिवपुरमा मर्चवार क्षेत्रका १ हजार जनालाई चामल वितरण गर्नुभएको हो ।

कोराना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले लकडाउनको घोषणा गरेको र त्यसलाई पालना गर्ने क्रममा आर्थिक अवस्था कमजोर भएका कारण कोही पनि खानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नागरिकलाई चामल वितरण गरिएको गुल्जारीले बताउनुभयो ।

सोमबार शिवपुरबाट सुरु गरिएको कार्य अब मर्चवारका गाउँगाउँ तथा चोकचोकमा गएर चामलसहित अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिनेछ, उहाले भन्नुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ कमिटी सदस्य समेत रहेका नेता गुल्जारीले भन्नुभयो, “कोरोना भाइरसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको नागरिकले पूर्ण रुपमा पालना गर्नुपर्छ, लकडाउन सम्पूर्ण नागरिककै हितको लागि हो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका गुल्जारीले लकडाउनको अवधिमा मर्चवारवासी कोही पनि भोकै रहनु नपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%