३ चैत्र २०८१, आइतबार | March 16, 2025

कोरोनाको अर्को इपीसेन्टर स्पेनबाट एक नेपाली युवाको संक्षिप्त पत्र : यो संकटको सामना मिलेरै गर्ने हो !



हामी कोरोनाले ग्रसित स्पेनमा छौं तर सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसेका छौं । कोरोना महामारीले तीब्र रुप लिएको स्पेनमा छौं ।

यहाँ हिजो एकैदिन झण्डै सातसय जनाको मृत्यु भएको छ र हजारौं संक्रमित भएका छन् । यहाँका विभिन्न सहरमा सयौं नेपाली रहेको अवस्था छ । करिब १५ दिनदेखि हामी सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

अहिलेसम्म सुरक्षित छौं । नजिकै रहेका ६ जना नेपालीलाई यसको संक्रमण देखिएको छ । यसपालि भने जोखिम बढेको छ । उनीहरू क्वारेन्टाइनको सही पालना नगरेका कारणले संक्रमित भएको सुरक्षाकर्मीले बताएका छन् । तपाईंहरु नेपालमा हुनुहुन्छ र त्यहाँ लकडाउन भएको छ ।

तर सामाजिक सञ्जालहरु हेर्दा लाग्छ यो लकडाउन तपाईंहरुलाई मजाकका लागि लगाइएको जस्तो भएको छ । हेक्का राख्नुस् यहीँ स्पेन र इटलीमा आजभन्दा १६/१७ दिनअघि त्यस्तै थियो । हामी बस्ने बार्सेलोना सहर हो ।
यहाँ चितवन कास्की र पर्वतबाट आएका नेपाली धेरै छन् ।
नेपालीलाई खान बस्न तेस्तो अफ्ठेरो भएको छैन ।

यहीँ नजिकै अहिले ३००० जनालाइ कोरोनाको संक्रमण लागेको छ । बार्सिलोनाको यो सिटीमा मात्रै चार हजार जति नेपाली छन् । नेपाली दुताबासले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेको छ । घरबाट बाहिर निस्कन दिइएको छैन । बाहिर निस्केको देखियो भने पुलिसले १०० यूरोदेखि ५०० यूरोसम्म जरिवाना तिराएको छ ।

हाम्रो नेपालमा पनि लकडाउन भन्दा ठिक केही समय अघि बिदेशमा रहेका प्रवासी नेपालीहरु गाउँगाउँमा पुगेका छन् । उनीहरू कुन कुन साधनमा कुन कुन देश हुँदै त्यहाँ पुगे केही पत्तो छैन । कतै संक्रमितको संसर्ग भएका ठाउँबाट पनि उनीहरू यात्रा गरे । कतिपय हट्टाकट्टालाई झ्याप्पै नसमाउने तर उनीहरुको शरिरमा, कपडामा टाँसिएको अवस्थामा भाइरस केही घण्टा बाँचेर संगै आएको हुनसक्छ ।

त्यस्तो भाइरस अरु कमजोर अवस्थाकालाई फ्याट्टै सरिहाल्छ रे । आफ्नाको होइन भाइरसको विरोध गर्नुस्, भाइरसलाई नाता नजोड्नुस्, माया नगर्नुस् ! स्थानीय पालिकासम्मै अहिले क्वारेन्टाइन बनेका समाचार आएका छन् । त्यहाँ नियम पालना गरेर बस्नुहोस् । सक्ने र हुनेले घरमै अलग्गै कोठामा क्वारेन्टाइन बनाएर नियम पालना गर्नुहोस् ।

यहाँ अटेर गरेका एकजनाले गर्दा संगै बस्ने अरु ६ जनालाई एकैसाथ संक्रमण भएको छ । मानव शरीर हो, हजारौं भाइरसको सामना गर्ने, संगत गर्ने र लड्ने चक्र चलिरहन्छ । तर यो बेलाको नेपालको अवस्था एकदमै जोखिमपूर्ण देखिएको छ । कम्तीमा अझै १३ दिनजति स्वनियममा रहनुस् । हामी परदेशमा एउटा कोठामा, नचिनेका मान्छेका सहरमा बसिरहेका छौं ।

तर हरदम चिन्ता र पीरलो आफ्नै परिवारको छ, आफ्नै देशको छ । हामी अहिलेसम्म सुरक्षित छौं र यहीँ अवस्थामा रहन सकियो भने सुरक्षित अवस्य नै रहिरहने छौं ।

पुरी पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नं. २, बर्राचौर घर भइ हाल (विगत ३ वर्षदेखि) स्पेनमा रहनुभएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ४५ बजे

‘कांग्रेस कसैको पनि सेवा सुविधा बढाउने पक्षमा छैन’

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कसैको पनि

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई

घट्यो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

‘उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद्मा पेस हुन्छ’

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले