२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सियारीमा कोरोना पूर्वतयारीलाई प्रभावकारी बनाइँदै, ७२ घण्टा भित्र क्वारेन्टाइन बनाईने



सियारी । रुपन्देहीको सियारी गाउँपालिकाले नोबेल कोरोना भाइरस (कोभिड –१९) को पूर्वतयारीलाई तीव्रता दिएको छ ।

सोमबार गाउँपालिकाको कार्यपालिका तथा सरोकारवालाहरुको बैठक बस्दै पूर्वतयारी र त्यसपछिका अवस्थाको व्यवस्थापनका लागि साझा रणनीति तय गर्ने समेत निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष अयोध्या थारुको अध्यक्षतमा बसेको बैठकले सियारी गाउँपालिकामा ७२ घण्टा भित्र क्वारिन्टाइन निर्माण गर्ने, हेल्प डेस्क निर्माण गर्ने, गाउँपालिकाका दुई स्थानमा ३/३ बेडको आइसोलेशन निर्माण गर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरुङले बताउनुभयो ।

सियारी गाउँपालिका वडा नं. १ मा रहेको चिल्हिया मा।वि।, २मा रहेको मैनिया मा।वि।, ३मा रहेको जंगहत्था मा.वि., ४ मा रहेको पब्लिक मा।वि।, ५ मा रहेको विरेन्द्र मा.वि., ६ मा रहेको सिद्धार्थ मा।वि र वडा नं. ७ मा रहेको जनता मा।वि।मा क्वारिन्टाइन निर्माण गरिने उहाँले बताउनु भयो । त्यस्तै वडा नं. १, ३, ४ र ७ मा हेल्प डेस्क निर्माण गरिने र वडा नं. ३ र ७मा रहेको स्वास्थ्य चौकीहरुमा ३/३ वेडको आइसोलेशन वेड निर्माण गरिन उहाँले जानकारी दिनुभयो ।

विपतलाई ब्यवास्थपन गर्ने उद्देश्यले हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकले पनि विशेष जोडका साथ सजगता अपनाएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले जानकारी दिनुभयो । कोरोना भाइरस रोकथाम गर्न आवश्यक सामाग्री उपलब्ध गराउन गाउपालिका तयार रहेको उहाँको भनाई छ ।

चैत्र २१ गते सम्म गाउँपालिका भित्रका दैनिक उपभोग्य बस्तु र औषधी बाहेक अन्य पसल, रेष्टुरा बन्द गर्ने सार्वजनिक साधनहरु, भारतीय नम्बरप्लेटका सवारी साधन, टेम्पो चलाउनमा रोक लगाईएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका सरोकारवालाहरु संग विभिन्न समयमा छलफल गरि सचेतना, जोखिम तयारी, जोखिम न्युनिकरण, उपचार तथा उद्दार लगायतका विषयमा विभिन्न खालका निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराईले बताउनुभयो ।
जोखिमलाई मध्यनजर गर्दै उद्दारका लागि स्वास्थ्य कर्मीहरु तयार रहेको र अवाश्यक उपकरण मगाईने स्वास्थय शाखाका प्रमुख वुद्धि बहादुर घर्तीले बताउनुभयो ।

कोरोना रोकथामका लागि गाउँपालिकाका अध्यक्ष अयोध्या थारुको संयोजकत्वमाल मुल समिति, गाउँपालका उपाध्यक्ष अमृता गुरुङ संयोजक रहने गरि उपसमिति तथा वडा अध्यक्ष संयोजक रहने गरि वडा स्तरीय समिति गठन गरिएको उहाँले बताउनुभयो ।

गाउँपाकिकाका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगाएताको सहभागीतामा छलफल भएको थियो ।

यस्तै सोमबार बसेको कार्यपालिका बैठकले गाउँपालिका भित्र बन्ने घरको नक्सा २०७६ बैशाख १ गते देखि लागुहुने गरि गाउँपालकाले निःशुल्क बनाईदिने निर्णय गरेको छ ।

यस्तै नदिजन्यपदार्थहरुको अवैधरुपमा भैरहेको डम्पिङ्ग तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकाय सहितको टोलि मार्फत नियमित अनुगमन तथा नियन्त्रण गर्ने र सोका लागि कार्यविधि तयार गरि कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ५५ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर