११ पुस २०८१, बिहिबार | December 26, 2024

नौ महिनामा २२ गैँडा मरे, संरक्षण क्षेत्रमा चिन्ता थपियो



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढ्दै गएको छ । २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको थियो । यसअघि दुईवटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैँडा मरेका थिए ।

विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फँसेर, भाले लाग्दा, लडेर, खोंचमा फस्ने जस्ता कारणले गैँडा मर्ने गरेका छन् । गैँडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।

विगत केही वर्षयता चोरी शिकारीबाट गैँडा मारिएका छैनन् । तर प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षण क्षेत्रमा चिन्ता थपिएको छ । गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४/०७५ मा २६ र २०७३/०७४ मा २५ गैँडा सोही कारणले मरेका थिए ।

सामान्यतया पाँच प्रतिशत गैँडाको मृत्युलाई सामान्य मानिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा रहेको उप्रेतीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १० : २९ बजे

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ

उत्कृष्ट लय, अत्यधिक गोल

अब त धेरैलाई लाग्न थालेको छ, यो सिजन लिभरपुलमा मोहमद

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

वीरगञ्ज । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल

पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी

गण्डकी । आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका

लिम्बू कला-संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

इलाम । जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति