एजेन्सी । चीनमा आइतबार सामुदायिक सेवामा खटिएका ५३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि परिचालन भएका ५३ जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ ।
मृत्यु हुनेमा ४९ जना चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का सदस्य रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (CPC)ले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आफ्ना सबै सदस्यलाई परिचालन हुन निर्देशन दिएको छ ।
प्रतिक्रिया