२३ पुस २०८१, मंगलबार | January 7, 2025

मिथिलाञ्चलमा मास्क र अबीरका साथ फागु



जनकपुर । सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौंनकता छाएको छ ।

भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी ग्रामीण क्षेत्रमा होलीको गीतले वातावरण गुञ्जयमान भएकाले रौंनकता छाएको हो ।

यो पर्वलाई असत्यमाथि सत्यको जितका रुपमा लिइन्छ । आपसी प्रेम प्रतीकका रुपमा रहेको यसपर्वको माध्यमबाट एकापसका भातृत्वको भावना जागिृत गर्नु नै मुख्य उद्देश्य हो । समाजका सबै वर्ग र समुदाय एकापसमा मिलेर रङ्ग अबीरको माध्यमबाट उज्जवल भविष्यको कामनाका साथै आपसी प्रेम सधैँ बनिरहोस् भनि कामनाका साथ पर्व मनाइने गरिएको छ ।

खासगरी, जनकपुरधाममा मध्यमिथिला डोला परिक्रमाको सहभागीद्वारा जनकपुरधामको अन्तगृह परिक्रमा समापन गरेको भोलिपल्ट होली मनाउने गरिएको छ । ग्रामीण क्षेत्रमा सरस्वती पूजाको दिनदेखि बेलुकीको समयमा होलीको पारम्परिक गीत, जोगिरा गाएर होली पर्वको शुभारम्भ हुनेगर्छ । तर, बढ्दो शहरीकरणसँगै पारम्परिक र व्यस्तताका कारण पूर्ववत् रुपमा मनाइने गरिएको होली पर्व लोप हुन थालेको छ ।

कोरोना भाइरसबाट जोगिनका लागि भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि विगतको तुलनामा होली पर्व मनाउनेको उत्साहमा केही कमी आएको महसुस गरिएको छ । तर, होलीपर्व आफ्ना परिवार, इष्टमित्रसँग रुघाखोकी, सर्दी नलागेका व्यक्तिसँग सामान्य ढङ्गले मनाउन सकिने चिकित्सकहरुले पनि सुझाव दिएपछि पर्व मनाउने उत्साहित छन् ।

सोही विषयलाई मध्यनजर गर्दै जनकपुरको मिथिला नाट्य कला परिषद्मि (नाप) ले यसवर्ष मनाउन लागेको फागु गीतको प्रतियोगिता र महामूर्ख सम्मेलनमा सहभागीबीच मास्क वितरण र अबीरको सट्टा पूmल दिएर होली पर्व मनाउन लागिएको सो परिषद्का अध्यक्ष परमेश झाले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा होली पर्वका दिन मानिस एक ठाउँमा एकत्रित भएर बाजागाजाका साथ पारम्परिक होलीका गीत, जोगिरा गाउँदै प्रत्येकको घरघरमा पुगेर शुभआशिष दिने गर्छन् । यस पर्वका अवसरमा मलपूवा, दालपुरी अनिवार्य रुपमा पकाइन्छ । घरको कूलदेउतासहितका देउतालाई प्रसादको रुपमा अर्पन गरिन्छ । धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा रहेको होली पर्वमा केही विकृति पनि भित्रिएको देखिएको छ ।

असत्यमाथि सत्यको जितको खुशीयाली मनाइने यस पर्वमा नशालु पदार्थ भाङ र रक्सी खानेको सङ्ख्या बढ्नु चिन्ताको विषय देखिएको छ । होलिकाको मृत्यु अर्थात असत्यमाथि सत्यको जितको खुशीमा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : ४३ बजे

सकियो एमाले केन्द्रीय कमिटी बैठक : ‘संबिधान संशोधन २०८७ सालमा’

काठमाडौं । संबिधान संशोधनलाई मुख्य एजेण्डा बनाएर गठन भएको कांग्रेस

पर्यटकीयस्थल घोडेपानीमा हिमपात

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा आज दिउँसो हिमपात भएको

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न, ‘छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन’

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौं

चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलको देवीनगरमा संचालन

बुटवल । विगत एक दशकदेखि लोकसेवा तयारी कक्षा सञ्चालनसँगै विभिन्न

एशियन थाई फूड्स र बुटवलको एडमन सिटी हस्पिटलबीच समझदारी

बुटवल । एशियन थाई फूड्स र बुटवलको एडमन सिटी हस्पिटलबीच