२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

गुल्मी जुनिया तराई सम्पर्क समाजको अध्यक्षमा शाही दोहोरिए



बुटवल । गुल्मी जुनिया तराई सम्पर्क समाजको तेश्रो अधिबेशनले नया नेतृत्व चयन गरेको छ । रुपन्देहीको तिलोत्तमामा आज भएको अधिबेशनले ३ बर्षे कार्यकालका लागि पुनः खड्क बहादुर शाहीको अध्यक्षतामा १३ सदस्यिय नया नेतृत्व चयन गरेको निर्बाचन अधिकृत क्याप्टेन यमबहादुर खत्रीले जानकारी दिनुभयो ।

अधिबेशनले बरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर थापा, उपाध्यक्षद्वयमा बिष्णुप्रसाद थापा, गुरुप्रसाद भुसाल तथा सचिबमा दिलमाया खत्री, सहसचिबमा राधा आचार्य (भुसाल), कोषाध्यक्षमा नविन गलामी, सहकोषाध्यक्षमा रेखा शाह सेन चयन भएका छन् । सदस्यहरुमा मोतिलाल आचार्य, टीका शाही, भिमलाल गलामी, मिना खत्री, पुष्पा खत्री, मिना खत्री सर्बसम्बत चयन भएका छन् ।
समाजका अध्यक्ष खडक बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा बोल्दै समाजसेवी क्याप्टेन यमबहादुर खत्रीले समाजले सह्रानिय काम गरेको बताउनुभयो ।

कार्यक्रममा डेरी एशोशिएसन प्रदेश ५ का संयोजक कृष्णप्रसाद भट्टराइ, जनप्रतिनिधि बिष्णु शाही,सचिव गुरु प्रसाद भुषाल लगायतले बोलेका थिए ।
सो अबसरमा ७० बर्षभन्दा माथिका जेष्ठनागरिक ६ जनालाइ सम्मान गरिएको थियो ।

सो अबसरमा चितवन मेडिकल मलेजमा उपचाररत क्यान्सर पिडित बाबुराम बुढाथोकीलाइ २९ हजार ९ सय १५ सहयोग संकलन गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : १४ बजे

आजदेखि तेस्रो अन्तरराष्ट्रिय यातायात सम्मेलन आयोजना हुँदै

काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि यहाँ

एमालेको आज बुटवलमा जागरणसभा, प्रधानमन्त्री ओलीसहित शिर्ष नेताहरुले सम्बोधन गर्दै

बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा तीन बालबालिका सहित ६ जनाको मृत्यु

न्यूयोर्क । अमेरिकाको हडसन नदीमा भएको हेलिकप्टर दुर्घटनामा परी तीन

चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीका दुई महिला

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

चीन । चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी