२५ चैत्र २०८१, सोमबार | April 7, 2025

टिभिएसका अटो मेकानिक्सलाई दक्षता विकास तालिम



तिलोत्तमा । जगदम्बा मोटर्स (टीभीएस) को आधिकारिक बिक्रेता सनराईजिङ बिजनेश प्रालि मणिग्रामले अटो मेकानिक्सहरुको दक्षता विकास गर्नका निम्ति तालिम दिएको छ ।

नयाँ प्रविधियुक्त टीभीएस ब्रान्डका सवारीसाधनहरुको मर्मत गर्नका लागि मेकानिक्सहरुको दक्षता वृद्धि गर्न आवश्यक रहेको भन्दै ५० अटो मेकानिक्सहरुलाई तालिम दिइएको हो ।

तालिमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष चेतनारायण भण्डारीले अटो मेकानिक्सहरु दक्ष भएमात्रै सवारी साधनको आयू लम्बिने भएकाले तालिमबाट लाभ लिन आग्रह गर्नुभयो । उहाले अब यस्ताखाले तालिम नगरपालिकाले पनि सञ्चालन गर्दै जाने बताउनुभयो ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जनक अधिकारीले दक्षता वृद्धिसम्बन्धी प्रशिक्षण लिएपछि नयाँ प्रविधिका सवारीसाधनहरु मर्मत गर्न नजानेर पेसाबाटै पलायन हुनुपर्ने अवस्था नरहने बताउनुभयो । अटो मेकानिक्सहरुलाई नयाँ प्रविधिबारे सिकाउनु जरुरी भइसकेको भन्दै उहाले मेकानिक्सहरुलाई स्थानीय सरकारले प्राविधिक शिक्षासँग जोड्नुपर्ने माग गर्नुभयो ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका प्रदेश ५ सचिव लक्ष्मण भण्डारीले सवारी दुर्घटना हुनुको एउटा कारण सवारीसाधनको समयमा मर्मत नहुनु पनि रहेको बताउँदै सवारी दुर्घटना न्यूनीकरणका लागि अटो मेकानिक्सहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

जगदम्बा मोटर्सका क्षेत्रीय प्रवन्धक सन्तोष पारिकले सेवाग्राहीलाई सन्तुष्ट बनाएर पठाउनका लागि प्रशिक्षण कार्यक्रम लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ प्रविधिको विकाससँगै अटो मेकानिक्सहरुले पनि आफ्नो दक्षता विकास गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा सर्भिस रिजनल म्यानेजर चिरन्जीवी चौधरी, सनराइजिङ बिजनेश प्रालिका प्रवन्ध निर्देशक केशव पाठकले तालिममा सिकेको सिप हासिल गरेर आफ्नो काममा लगाउन आग्रह गर्दै दक्षता हासिल गर्न यस्ता तालिम उपयोगी हुने बताउनुभएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : २८ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग