२५ चैत्र २०८१, सोमबार | April 7, 2025

रुघाखोकी लागेका व्यक्तिले अनिवार्य मास्क लगाउनुपर्ने तर स्वस्थ व्यक्तिले नलगाए पनि हुने



काठमाडौ । रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले मास्क लगाउँदा अरुलाई सङ्क्रमण फैलने जोखिम कम हुने भएकाले मास्क अभाव भयो भनेर नआत्तिन सरकारले आग्रह गरेको छ ।

विश्वका ८९ देशमा कोभिड–नाइन्टिन अर्थात् कोरोना भारइस फैलिएसँगै स्वस्थ व्यक्तिले पनि मास्कको खोजी गर्ने र जगेडा राख्ने गर्दा अभाव भएको छ । तर स्वस्थ व्यक्तिले नलगाए पनि फरक नपर्ने भएकाले नआत्तिन डाक्टरले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले रुघाखोकी लागेका व्यक्तिले मास्क लगाउँदा अरु व्यक्तिमा सर्ने जोखिम कम हुने बताउनुभयो ।

सङ्क्रमित व्यक्तिले मास्क लगाएर बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा स्वस्थ व्यक्तिमा पर्दैन । यसले स्वस्थ व्यक्तिलाई सङ्क्रमित हुनबाट जोगाउँछ ।

तर सङ्क्रमित व्यक्तिले मास्क नलाएर, मास्क लगाएको स्वस्थ व्यक्तिको नजिकै गएर बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा परे सङ्क्रमण सर्ने जोखिम हुन्छ । रुघाखोकी लागेका व्यक्तिले अनिवार्य मास्क लगाउनुपर्ने तर स्वस्थ व्यक्तिले नलगाए पनि हुने उहाँले बताउनुभयो ।

यस्तै निरन्तर बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले पनि नियमित मास्क लगाउनुपर्छ । यसो गर्दा सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहे पनि सर्ने जोखिम कम हुन्छ । स्वस्थ व्यक्तिले मास्क लगाउनेभन्दा पनि वरपर छोइसकेपछि साबुन पानीले हात धुने गर्दा पनि जोगिन सकिने डाक्टर बाँस्तोलाको भनाइ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ४० बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग