१ बैशाख २०८२, सोमबार | April 14, 2025

शहिद यादवनाथ आलोकको स्मृतिमा तरुण फुटसल



बुटवल । नेपाल तरुण दल, तिलोत्तमा नगर समितिको आयोजनामा रुपन्देहीमा शहिद यादवनाथ आलोक स्मृति फुटसल प्रतियोगिता हुने भएको छ ।

नेपाली काग्रेसका युवा जुझारु युवा नेता यादवनाथको स्मृतिमा पहिलोपटक फुटसल प्रतियोगिता गर्ने भएको हो । मंगलबार पत्रकार सम्मेलन गरि आयोजक तरुण दलका नगर अध्यक्ष खिम क्षेत्रीले तयारी पुरा भएको बताउनुभयो । खेलमार्फत शहिदको स्मरण र युवारुमा भातृत्व विकास गर्न प्रतियोगिता आयोजना गरिएको उहाले बताउनुभयो । विस २०४० सालमा सुर्यसुरा स्थित पुष्पानन्द गिरिको घरमा नेपाली काग्रेसको केन्द्रीय नेताहरुसहित आयोजना गरिएको कार्यक्रममा भएको आकमणमा उहाको मृत्यु भएको थियो ।

फागुन २२ गतेदेखि ३ दिनसम्म मंगलापुरस्थित फ्रेन्डस बिष्ट्रो स्पोर्ट्स खेलमैदानमा हुने प्रतियोगितामा उपाधिका लागि २१ टिमले प्रतिस्पर्धा गर्ने उहाले बताउनुभयो ।
प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैया तथा उपविजेता टिमले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन क्षेत्रीले बताउनुभयो । यसैगरि विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, हाईस्कोरर, सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद २–२ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुुभयो ।

प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका टिम र तरुण दलको क्षेत्रिय, बुटवल उपमहानगर र जिल्लाको समेत टिम गरि २१ टिमले भाग लिएका छन ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य अवधविहारी दुबे, केन्द्रिय सदस्य व्रिजेश न्यौपाने, नेपाल तरुण दल जिल्ला कोषाध्यक्ष बासु बश्याल, जिल्ला अध्यक्ष नबिनराज आचार्यले प्रतियोगिताको सफलताको शुभकामना दिनुुुभएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार युवा ब्यवसायी अवध विहारी दुबेले सौजन्य गरेको नगर सचिव होम पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : २१ बजे

चैत मसान्तसम्मको विकास खर्च २९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा

पाल्पामा स्कुटर दुर्घटना हुँदा ७५ वर्षिय पदमबहादुरको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजना जेष्ठनागरिक पुरुषको

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

नेपालगन्ज । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि

दशकौैं पछि यो बर्ष उठेन विस्का जात्राको लिंगो

भक्तपुर । रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने

स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

सिमकोट । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा सिमकोट । हुम्लाको