२५ चैत्र २०८१, सोमबार | April 7, 2025

भिम अस्पतालमा अब अत्याधुनिक सुविधा सम्पन्न सहितको भवन निर्माण हुदै



भैरहवा । रुपन्देहीको भैरहवामा रहेको भिम अस्पताल अब अत्याधुनिक सुविधा सम्पन्न अस्पतालका रुपमा विकास हुने भएको छ । करिव ३६ करोडको लागतमा उक्त अस्पतालको नयाँ भवन निर्माण हुने भएको हो ।

मङगलवार एक कार्यक्रमका बिच सामाजिक विकास मन्त्रालय र भिम अस्पतालबिच भवनको निर्माणका लागि टेन्डर प्रक्रिया अगाडी बढाउने विषयमा छलफल भएको हो । छलफलमा सहभागी सामाजिक विकास मन्त्रालयका मन्त्री, कर्मचारी, अस्पताल विकास समितिका पदाअधिकारी, डाक्टरसहितको टोलि सहभागी थियो । छलफल कार्यक्रममा अस्पताललाई भौतिक रुपले सुबिधा सम्पन्न बनाउन मास्टर प्लान डिपिआरको भिजुयल प्रस्तुत समेत गरिएको थियो ।

अस्पतालमा विरामिहरुको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछी सुबिधासम्पन्न भवन निर्माण हुन लागेको अस्पताल विकास समितिका अध्यक्ष एकराज विश्वकर्माले बताए । उनले भने “अस्पतालले दिने सेवामा वृद्धि, विशेषग्य डाक्टर सहितको टोलिद्धारा विरामिको जाँच हुने भएको हुदा बिरामी बढ्न थाले, त्यसैले नयाँ भवन निमार्ण गर्न परेको हो ।

विरामिको उपचारमा कुनै कमि राखिएको छैन, मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले भने अस्पताले दिने सेवाप्रती यहाँ आउने विरामी सन्तुष्टि हुने गरेका छन ।

कार्यक्रममा प्रस्तुत गरिएको मास्टर प्लान तथा डिपिआर भिजुयल पश्चात् सामाजिक विकास मन्त्री सुदर्शन बराल एवम् मन्त्रालयका सचिब गोपिकृश्ण खनालले यसै आर्थिक वर्षदेखि भवनको टेण्डर प्रक्रिया बाट भवन निर्माण गर्ने आश्वासन दिएको अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताउनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ३ : ४७ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग