२५ चैत्र २०८१, सोमबार | April 7, 2025

सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता : रोल्पा, बाके, नवलपुर र कास्की बाहिरियो



बुटवल । रुपन्देहीमा जारी सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगितामा ४ टिम प्रतियोगिताबाट बाहिरीएको छ । दोस्रो दिनमा भएको खेलमा जिल्ला भलिबल संघ रोल्पा, बाके, नवलपुर र कास्की आआफनो समुहमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका हुन ।

मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको मंगलबारको खेलमा जिल्ला भलिबल संघ पाल्पाले जिल्ला भलिबल संघ कास्कीलाई २–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२२ अंकले जित निकाल्दै कास्कीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो सेटमा पाल्पाले नजिता उल्टाउदै खेलमा २५–१८ अंकले खेल बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक सेटमा पाल्पाले कास्कीलाई १७–१५ अंकको जित निकालेको हो । यसैगरि अर्को खेलमा जिल्ला भलिबल संघ बाग्लुङले तनहुमाथि २–१ को जित निकालेको छ भने जिल्ला भलिबल संघ रुपन्देहीले पर्वतमाथि २५–१८, २५–१२ को सोझो सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसै गरि जिल्ला भलिबल सघ स्याङ्जाले जिल्ला भलिबल सघ कास्कीलाइ ३-१ को अंकले जित निकालेको छ ।

प्रतियोगितामा गण्डकी र ५ नम्बर प्रदेशका १२ जिल्लाका उत्कृष्ट टिमहरुले सहभागिता जनाउने संयोजक सुरेन्द्र गुरुङ बताउनुभयो । जसमा बाग्लुङ, बाके, तनहु, रुपन्देही, रोल्पा, पर्वत, स्याङजा, पाल्पा, कास्की, गुल्मी, नवलपरासी र नवलपुर रहेका छन । प्रतियोगिता आयोजना गर्न करीब १६ लाख खर्च हुने अनुमान आयोजकको छ । लिग कम नकआउट आधारमा आयोजना गरिने प्रतियोगितामा १२ टिमलाई चार समुहमा विभाजन गरिएको छ ।

खेलप्रेमी चित्र बहादुर गुरुङले प्रतियोगिता संचालन गर्न ३ लाख रुपैया सहयोग गरेका छन । यसैगरि प्रथम पुरस्कार राशी निर्मल शर्मा, कृष्णबाबु पोखरेल, शंकर सापकोटा, जितेन्द्र केसी, तारा शर्मा र पशुपति गिरी तथा द्धितिय पुरस्कार हिमाल थापा मगर र सचिन दलार्मीले तथा तृतिय पुरस्कार लुम्बिनी फर्निचरले सौजन्य गरेका छन ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ३० बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग