३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रदेश ५ मा मेला महोत्सव, भेला गर्न प्रतिबन्ध, प्रदेश सरकारको लगानी सम्मेलन स्थगित



बुटवल । नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै प्रदेश ५ सरकारले आगामि बैशाख ४ र ५ गते गर्न गईरहेको लगानी सम्मेलन स्थगित गरेको छ ।

प्रदेश ५ सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश सरकारको लगानी सम्मेलन सहित प्रदेशको १२ वटै जिल्लामा मेला महोत्सव, भेला जस्ता सार्वजानीक कार्यक्रम नगर्ने र हुन नदिने निर्णय समेत गरेको छ ।
मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले संघिय सरकारको निर्णय कार्यान्वयन गर्ने निर्णय सहित प्रदेश सरकारको लागानी सम्मेलन समेत स्थगित गरिएको जानकारी दिनुभयो । उहांले लगानी सम्मेलनमा बिदेशी पाहुनाहरु समेत सहभागि रहने भएको हुंदा लगानी सम्मेलन स्थगित गरिएको बताउनु भयो । भाईरसको बिश्वभरीको अवस्था हेरी उपयुक्त समेयमा लगानी सम्मेलन गरिने मन्त्री चोधरीले बताउनु भयो ।

मन्त्री परिषदले भौतिक पुर्वाधार मन्धालयले तयार गरेको सडक निर्माण, मरमत तथा सुधार गर्न बनेको बिधेयक स्विकृती गर्नुका साथै उद्योग, पर्यटन, बन तथा बतावर मन्त्रालयले साझेदारी नियमावलीलाई स्विकृत दिएको मनत्री चोधरीले जानकारी दिनुभयो । उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालयको कला साहित्य तथा संगित प्रतिस्थान गठन गर्न बनेको बिधेयक समेत स्विकृती गरेको उहांले बताउनु भयो ।

यस अघि संघिय मन्त्रीपरिषदले उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोिखरेलको संयोजकत्वमा उच्चस्तरिय समन्वय समिती बनाउंदै हवाई तथा यातायात सम्पर्क भएका मुलुकहरुबाट हुने आवतजावतलाई निगरानी गर्ने निर्णय गरेको थियो ।

बिश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रुपमा लिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : ०७ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको