काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले विरोध गर्ने केही विषय नपाएपछि आफ्नो जन्मदिनलाई मुद्दा बनाएको बताउनुभयो ।
उहाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले खानेपानी, विजुली पुगेको अवसरमा जनताले खुसी मनाएको र आफ्नो जन्मदिन पनि त्यही बेला मनाएको बताउनुभयो । तर विजुली धारा पुगेको नदेख्नेहरुले धुमधामसँग जन्मदिन मनाएको भनेर आलोचना गरेको उहाले भन्नुभयो । आफूले नाच्न पनि नभनेको र केक ल्याउन पनि नभनेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘मैले त हेर्दा पनि हेरिनँ, कति केक ल्याए र लगे ।’
नेपालको नक्सा अंकित केक काटेको भन्दै भएको आलोचनालाई उहाले केक राष्ट्रवादको संज्ञा दिनुभयो । मोदी, ओबामाको केक बनाएको हेर्न आग्रह गर्दै उहाले भन्नुभयो ‘हिजो नाकाबन्दी भएको बेला चुप बस्ने, नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो ।’
प्रतिक्रिया