१४ पुस २०८१, आइतबार | December 29, 2024

मुख्यमन्त्री डोरमणि पौडेलको मोतिबिन्दुको शल्यक्रिया



हेटौंडा – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको आँखाको शल्यक्रिया गरिएको छ ।

आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा डाक्टर सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरेका हुन् । ५ मिनेटमै उनको शल्यक्रिया सम्पन्न भएको थियो । बिहान ११ : १५ बजे शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

शल्यक्रियापछि आज (आइतबार) रेष्ट गरी भोलि सोमबार मात्रै आँखाको पट्टी खोलिने छ ।

चिकित्सकले दुई वर्षअघि नै आँखामा रहेको मोतिबिन्दुको शल्यकि्रयाका लागि सुझाब दिए पनि राजनीतिक व्यस्थतालगायत बिबिध कारणले शल्यक्रिया गर्न भ्याएका थिइनन् ।

मोतिबिन्दुका कारण केही समयदेखि मुख्यमन्त्री पौडेलले नियमित आँखाको परीक्षण गर्दै आएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : १२ बजे

कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन

काठमाडौं । आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका

बुटवलमा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

बुटवल । बुटवलमा अन्तर विद्यालय स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड

भोलिबाट बुटवलको मुख्य बजारमा पार्किङ निषेध, पुरानो फिल्म हलको जग्गा नयाँ पार्किङ स्थल

बुटवल । पार्किंङ स्थलको अभावमा हरेकदिन अस्तव्यस्त हुने गरेको बुटवलको

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई