१ बैशाख २०८२, सोमबार | April 14, 2025

इष्टर्न हाइड्रोपावरको शेयर खुला



भोजपुर– पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लावासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म शेयर खरीद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिए । शेयर प्रभु बैंक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आजदेखि १५ दिनसम्म खरीद गर्न सकिने अधिकृत राईले जानकारी दिए ।

हाइड्रोपावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैतभित्र सञ्चालन गरिने कम्पनीले पत्रकारसम्मलेनमार्फत जनाएको छ । यो जलविद्युत जिल्लाको हालसम्मकै सबैभन्दा बढी पाँच मेगावाट क्षमताको हो । जलविद्युत् आयोजना करिब रु एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ ।

अग्निपीडितलाई राहत

पौवादुङ्मा गाउँपालिकाले अग्निपीडितलाईलाई राहत वितरण गरेको छ । गाउँपालिकाले गत फागुन २८ गते आगलागीमा परी पूर्णरुपमा घर जलेर नष्ट भएका वडा नं –५ सानोदुङमा चौकीबारीका पीडित चितमान राई, मनकुमार राई र बद्रसिंह राईलाई राहत वितरण गरेको हो । गाउँपालिकाले अन्नपात र भाँडाकुँडासंँगै क्रमशः रु नौ हजार, १० हजार र आठ हजार सहयोग गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

गाउँपालिकाको विपत व्यवस्थापन कार्यविधिअनुसार सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । आगलागीमा परी तीन घर जल्दा रु १५ लाख वढीको क्षति भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५७ बजे

पाल्पामा स्कुटर दुर्घटना हुँदा ७५ वर्षिय पदमबहादुरको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजना जेष्ठनागरिक पुरुषको

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

नेपालगन्ज । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि

दशकौैं पछि यो बर्ष उठेन विस्का जात्राको लिंगो

भक्तपुर । रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने

स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

सिमकोट । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा सिमकोट । हुम्लाको

समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल