६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ । कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबर्जस्ती प्रदेशसभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका…