बाजुरा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएदेखि नै बिहान र साँझ उकालो-ओरालो मज्जैले हिँड्न थालेको थिएँ । एकप्रकारले यो मेरो बडीमालिका जाने पूर्वतयारी थियो । दुई महिना नहुँदै ढाड दुखेर हैरान, हिँड्नै कठिन हुन थाल्यो । जिल्लामा उपलब्ध डाक्टरकहाँ जचाउँदा आराम गर्नुपर्ने सल्लाह दिए । हिँड्डुल पनि बन्द भयो । बडीमालिका जाने रहर यत्तिकै तुहिएला जस्तो…