११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए । “बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साँघुरो कोठाबाट…