रोल्पा । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण घर्तीमगरले नेपालमा संघीयताको आवश्यकता मात्रै होइन अनिवार्यता नै भएको बताएका छन् । रोल्पाको लिवाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएकाले संघीयताको आवश्यकता मात्रै नभएर अनिवार्यता नै भएको बताए । उनले संघीयता विरोधीहरुले संघीयता खारेजीको कुरा गरिरहेकोले त्यसका विरुद्धमा…