काठमाडौं । गएको सोमबार बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशील सहनी निकै बेर ननिस्केपछि ढोका फुटाएर हेर्दा उनी बेहोस अवस्थामा भेटिए । नजिकै काठमाडौं मोडल अस्पताल लगिएका उनको सोही दिन आईसीयूमा मृत्यु भयो । कक्षा ११ मा अध्ययनरत सहनीको मृत्युपछि उनका परिवारले कलेज व्यवस्थापनमाथि प्रश्न उठाएको छ । ‘होस्टल…